काठमाण्डौं, भाद्र २६ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द रिहा भएका छन् । प्रकाश सहित सिएमसीमा आन्दोलनमा उत्रिएका एक दर्जन बढी विद्यार्थीलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिइएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी शालिकराम शर्माले नियन्त्रणमा लिइएका सबै विद्यार्थीलाई बिहीबार छोडिएको बताए। उनले आन्दोलनका कारण सेवा प्रभावित भएको भन्दै अस्पतालले प्रहरीलाई पत्राचार गरेपछि आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिएका बताए।

विद्यार्थीबाट सरकारले निर्धारण गरेको भन्दा बढी शूल्क लिएको स्वीकार गर्दै मेडिकल कलेजले र्फिता गर्ने सहमति गरे पनि सो कार्यान्वयन नगरेको, लाइसेन्स प्राप्त नर्सलाई समेत भोलेन्टिएर राखिएको भन्दै त्यसको विरोधमा आन्दोलन गर्दै आएका छन्। आइओएमबाट सम्बन्धन प्राप्त कलेजले पनि आइओमले जस्तै वैकल्पिक विषयमा अध्यापन गराउनुपर्ने तथा पुरानो पाठ्यक्रमसमेत परिमार्जन हुनुपर्ने उनीहरूको माग छ।

