पाँचथर, भाद्र २५ । पाँचथरमा एक ब्यक्तिले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका–८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका हुन् ।
बुधबार बिहान आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ । आत्महत्या के कारणले गरेको भन्ने कारण खुलिसकेको छैन् । घटनाको थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

