संघ \संस्था

बालकोट जेसीजमा प्रवेश तिमिल्सिनाद्धारा २०२२ को पदभार ग्रहण

बाहुण्डाँगी । बालकोट जेसीजका लागि २०२२ का अध्यक्ष प्रवेश तिमिल्सिनाले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । शाखाको ७ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोहका बिच तिम्सिनाले आफ्नो पदभार ग्रहण गर्नु भएको हो । यस अघि भएको साधारणसभाबाट अध्यक्ष तिमिल्सिनासहित कार्यकारीणी उपाध्यक्षमा विजय अधिकारी, प्रेक्षा आचार्य, उपाध्यक्षहरुमा सरोज अधिकारी, भरत लामिछाने, विनय सुवेदी र प्रशंसा राया निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष तिम्सिनाले महासचिवमा मन्जिला बेलबासे, कोषाध्यक्षमा प्रतिभा तापा र कानुनी सल्लाहकारमा देबेन्द्र चौधरीलाई मनोनित गर्नु भएको छ । निर्वाचित तथा मनोनित समितिलाई अध्यक्ष तिम्सिनाले सपथ ग्रहण गराउनु भएको थियो ।


शाखाका २०२१ का अजयकुमार श्रेष्ठको सभापतित्व तथा पशुपति विकास कोषका कार्यकारीणी निर्देशक घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिमा बालकोट जेसीजकी संस्थापक अध्यक्ष तथा नेपाल जेसीज २०२२ की कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल रहनु भएको थियो । प्याकुरेल यसै वर्ष पोखरामा सम्पन्न महाधिवेशनबाट कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।