
झापा, जेष्ठ १ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय राखी देशको विभिन्न भागमा प्रसारण गर्दै आएको सूर्योदय टेलिभिजनले आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ ।
सूर्योदय टिभि एण्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदय टेलिभिजनले विर्तामोडको हिकोला हेरीटेज होटलमा कार्यक्रमको आयोजना गर्दै चौथो वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मनोज उप्रेतीले हाल सम्मको नतिजा सन्तोष जनक रहेको बताए । साथै टेलिभिजनले आगामी दिनमा मुलुकका सबै जिल्लामा प्रतिनिधित्व गराउने बताए ।
टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले स्वागत गरेको कार्यक्रममा कर्पोरेट डाईरेक्टर याम बिमली, सिनियर कार्यक्रम प्रस्तोता टिकाराम नेति, कार्यक्रम प्रमुख देवी गौतम, कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटुवाल, समाचार संयोजक रमेश तिवारी, कार्यक्रम प्रस्तोता गोपाल काफ्ले,भिडियो सम्पादन प्रमुख नवराज न्यौपाने र प्रविधिका बारेमा स्पेशलिङ केवल टेलिभिजनका प्राविधिक प्रमुख नवराज उप्रेतीले आफ्ना विचार राखेका थिए ।
वार्षिक उत्सवको अवसरमा टेलिभिजनका पुर्व कर्मचारी विष्णु श्रेष्ठ र रीता सापकोटालाई सम्मान तथा बिदाई गरीएको थियो ।

