बाहुण्डाँगी । इमाडोल जेसीजका लागि २०२२ की नवनिर्वाचित अध्यक्ष इच्छा गुरुङले पदभार ग्रहण गर्नु भएको छ । सोमवार सम्पन्न शाखाको ११ औँ पदहस्तान्तरण समारोहकाबिच २०२१ का अध्यक्ष सुदन थापाले आफ्नो गलामा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेसँगै औपचारिक रुपमा पदभार ग्रहण गर्नु भएको हो । यस अघि भएको साधारणसभाबाट अध्यक्ष गुरुङसहित कार्यकारीणी उपाध्यक्षमा सुमित्रा ढुङ्गाना, कृति भट्टराई, उपाध्यक्षहरुमा एलिना ढुङ्गाना, स्नेहा जर्घा कृपा तिवारी र सागर केसी निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष गुरुङले महासचिवमा सुजन श्रेष्ठ, कोषाध्यक्षमा सुजिना डङगोल र कानुनी सल्लाहकारमा पूर्व अध्यक्ष सोनितराज ढुङ्गेललाई मनोनित गर्नु भएको थियो । मनोनित र निर्वाचित सबैलाई सामुहिक सपथग्रहण गराउनु भएको थियो ।

शाखाका २०२१ का अध्यक्ष सुदन थापाको सभापतित्व तथा चन्दननाथ नगरपालिकाका जुम्लाकी मेयर कान्ती जैशवालको प्रमुख आतिथ्तामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेल, राष्टिय उपाध्यक्षहरु जिवन कार्की, जीवन श्रेष्ठलगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

