झापा । नेपालको चर्चित रियालिटि सो ‘सारेगमप लिटिल च्याम्प्स’ को फाईनलमा झापाकी दुई चेली पुग्न सफल भएका छन् ।
प्रतियोगितामा लगातार धमाका मच्चाइरहेका झापाली चेली रोशा फुयाल र कृपा पौडेल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएका हुन् । रोशा मेचीनगर र कृपा विर्तामोड निवासी हुन् ।
हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके टेलिभिजन र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको सारेगमपमा विभिन्न अडिसनमा देश तथा विदेशबाट ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगी सहभागी भएका थिए । जसमा उनीहरुलाई उछिन्दै रोशा र कृपा टप ५ हुदै उपाधि नजिक पुगेका हुन् ।
अब उपाधिका लागि फुयल र पौडेलसंगै पर्वतका अरुण सुनार, भारत सिलिगुडीका आदित्य विश्वकर्मा र भक्तपुरकी अविज्ञा घिमिरेले आगामी माघ २२ गते प्रतिष्पर्धा गर्ने छन् । उनीहरुलाई जिताउन दर्शक श्रोताले सोहि समयसम्म भोट गर्न सक्ने छन् ।

रोशा फुयाल
रोशालाई भोट गर्न मोबाइल मार्फत मेसेज बक्समा गएर SGMP टाइप गरी एक स्पेस छोडेर १३ टाइप गरी ३३००१ मा सेन्ट गर्नु पर्ने हुन्छ । त्यस्तै अनलाईन भोटिङका लागि MOMO भोटिङ एप डाउनलोड गरी भोट गर्न सकिनेछ । त्यसैगरी momoappnepal.com बाट पनि भोट गर्न सकिन्छ ।

कृपा पौडेल
त्यस्तैगरी कृपालाई भोट गर्न गर्न मोबाइल मार्फत मेसेज बक्समा गएर SGMP टाइप गरी एक स्पेस छोडेर ०९ टाइप गरी ३३००१ मा सेन्ट गर्नु पर्ने हुन्छ । त्यस्तै अनलाईन भोटिङका लागि MOMO भोटिङ एप डाउनलोड गरी भोट गर्न सकिनेछ । त्यसैगरी momoappnepal.com बाट पनि भोट गर्न सकिन्छ ।

