संघ \संस्था

गौडाकोट जेसीजको अध्यक्षमा शंकर अधिकारी निर्वाचित

बाहुण्डाँगी । गैंडाकोट जेसीजको २०२२ को अध्यक्षमा शंकर अधिकारी निर्वाचित हुनु भएको छ । आइतवार सम्पन्न शाखाको १५ औं अधिवेशनवाट जेसीज वर्ष २०२२ का लागि अधिकारी अध्यक्षमा निर्विरोध निर्बाचित हुनु भएको हो । शाखाको कार्यकारिणी उपाध्यक्ष विपिन सापकोटा, हरी पौडेल, उपाध्यक्षहरुमा सन्देश पराजुली, रमेश कोइराला, कमल तिवारी
शिर्जना राना, सह सचिबमा तेजेन्द्र राना र सह कोषाध्यक्षमा नविन सापकोटा निर्वाचित हुुन भएको छ ।
यसैगरी नवनिर्वाचित अध्यक्ष अधिकारीले कानुनी सल्लाहकारमा मदन सापकोटा, महासचिवमा रोजन घिमिरे र कोषाध्यक्षमा इश्वर पौडेललाई मनोनित गर्नु भएको छ ।
साधारणसभा शाखाका २०२१ का अध्यक्ष दया सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।