कला संघ \संस्था

थामी समाजको भुमेथान सामुदायीक भवन उद्घाटन

झापा, जेष्ठ ४ । मेचीनगर ८ स्थित प्रतिभा टोलमा थामी समाजको भुमेथान सामुदायीक भवन उद्घाटन भएको छ ।
थामी समाजले भुमेथान सामुदायीक भवन निर्माण उपभोक्ता समिति मार्फत निर्माण गरेको भवनको शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि मेचीनगर उपप्रमुख मिना उप्रेतीले उद्घाटन गरेकी थिईन् ।

नेपाल थामी समाज झापाको आयोजनामा सञ्चालन भएको सामुदायीक भवन उद्घाटन तथा भुमेथान उभौली पुजामा प्रमुख अतिथि उप्रेती सहित सेन्टरी टोल बिकास संस्थाका अध्यक्ष गिरीराज धमला, साझा मनोरञ्जन संस्था मेचीनगरका अध्यक्ष बिष्णु भट्टराई, मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमाल, झापा जिल्ला मगर संघ सदस्य गम्वीर ध्यज थापामगर, प्रतिभा युवा परिवारका सल्लाहकार टिका भुषण आत्रेय, नेपाल थामी समाजका केन्द्रीय उपाध्यक्ष भरत थामी, सदस्य टिकाराम थामीलगायतका वक्ताले आफ्नो पहिचान कला र संस्कृतिको जगेर्ना गर्न सकेमा मात्र सम्भव रहेको भन्दै सबैले आआफ्नो कला संस्कृति र परम्परालाई संरक्षण र प्रबद्धन गर्नु पर्ने बताए ।

कार्यक्रममा मेचीनगर ८ वडा सदस्य सन्तोष मेचे, गंगा पाठक, लोकतन्त्र दैनिकका सम्पादक मोहन काजी, प्रतिभा युवा परिवारका अध्यक्ष युवराज आचार्य, सचिव सोभा श्रेष्ठ, सेन्टरी युवा क्लबकी अध्यक्ष हिमा रायालगायतको आतिथ्यता रहेको थियो । थामी संस्कृति झल्कने नित्य, गायन सहितको सास्कृतिक कार्यक्रम आयोजना भएको थियो । नेपाल थामी समाज झापाका अध्यक्ष लालबहादुर थामीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सचिव सञ्जय थामी र सारिका थाीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.