संघ \संस्था

आचार्य बन्धु सेवा समाजको उभौली पुजा

झापा, जेष्ठ ४ । आचार्य बन्धु सेवा समाज मेचीनगरको आयोजनामा उभौली गोठपुजा सम्पन्न भएको छ । मेचीनगर ९ स्थित मागुरमाडीका बिष्णु प्रसाद आचार्यको घरमा मेचीनगर भित्र बसोबास गर्ने करिब तीन सय घरधुरी र विर्तामोड, दमकलगायतका आचार्य बन्धुहरु भेलाभई उभौली गोठपुजा सम्पन्न गरेका छन् । बिष्णु प्रसाद आचार्यको संयोजकत्वमा आयोजना भएको उभौली गोठपुजामा मेचीनगर प्रमुख बिमल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

आचार्य बन्धु सेवा समाज मेचीनगर अध्यक्ष तेज बहादुर आचार्य, बरिष्ट उपाध्यक्ष दुर्गा प्रसाद आचार्य, सचिव जय प्रसाद आचार्य, सल्लाहकार बिष्णु प्रसाद आचार्यलगायतको आतिथ्यता रहेको कार्यक्रममा आचार्य बन्धुहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.