समाचार

मिडिया काउन्सिल विधेयको विरोधमा उत्रिए पत्रकार

झापा, जेष्ठ ३ । मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै झापाका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा र्याली सहित कोणसभा गरेका छन् ।
संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा देशभरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघले विधेयक फिर्ताको माग गर्दै आज देशभर प्रदर्शन सहित विरोध गरेको छ ।

चन्द्रगडी ट्रेड यूनियन चोकबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो । र्यालीमा पत्रकारले प्रेस स्वतन्त्रता जिन्दावाद, मिडिया काउन्सिल विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता हनन् गर्न पाइदैन भन्दै नारा लगाउँदै जिल्ला प्रशासन पुगेका थिए ।

झापा जिल्लाका क्रियाशील पत्रकारहरुको बाक्लो उपस्थिति रहेको सभाको सञ्चालन पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले गरेको थिए । पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, नारी सञ्चार गृहकी सचिव रेजिना रोदन र प्रेस यूनियनका राजेन्द्र गौतमले विधेयक फिर्ताको माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published.