
झापा, जेष्ठ १ । मेचीनगर ५ स्थित बाल कल्याण माविमा ३ दिवसिय बालबालिकाहरूको क्षमता अभिवृद्दि तालिम बुधबारबाट सुरु भएको छ ।
बालजागरण मन्च नेपालको आयोजना र मेचीनगर नगरपालिका वार्ड न ५ को सहयोगमा सञ्चालन भएको बालबालिकाहरूको क्षमता अभिवृद्दि तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापामगरले गरेका थिए ।
कार्यक्रममा मेचीनगर ५ का वडासदस्य मेघराज गेलाल, बाल कल्याण मावि व्यवस्थापन समितिका अध्यक्ष दिलिपजंग आड्ंदेम्बे, प्रध्यानाध्यपक नारायण प्रसाद न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।
साथै सोही भेलाले बालकल्याण माविमा बालक्लब गठन गरेको छ । जस अन्तर्गत नव गठित समितिको अध्यक्षमा गंगा श्रेष्ठ, उपाध्यक्ष विदिशा विक र स्नेहा पुरी, सचिव आइस्ना खत्री, सहसचिव किरण भट्टराई, कोषाध्यक्ष रिस्ता गिरी, सहकोषाध्यक्ष निजन फागोलगायत १५ सदस्यिय नया कार्य समिति गठन गरेको छ । त्यसै गरेर बाल क्लब संरक्षक शिक्षकमा राजिव गिरी रहेका छन ।
बालजागरण मन्च नेपालका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य युवराज बजगांई र सन्चालन संचारकर्मी भुमिका सुब्बाले गरेकी थिईन् ।

