राजनीति

एकीकृत समाजवादी बुद्धशान्ति गाउँ कमिटी गठन, अध्यक्षमा धिमाल

झापा । नेकपा एकीकृत समाजवादी बुद्धशान्ति गाउँ कमिटी गठन भएको छ । प्रदीप धिमालको अध्यक्षतामा गठन गरिएको कार्यक्रमको सभापति दुर्गा आचार्य रहनु भएको थियो ।

भेलाको प्रमुख अतिथी संविधान सभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवनकुमारी घिमिरे, केन्द्रीय सदस्य तथा झापा सह इन्चार्ज निलमणी बराल, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, इलामका पार्टी नेता बृहस्पति खतिवडा, भोला उप्रेती, झापा जिल्ला कमिटी सदस्य बि पी भट्टराई, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, हेमन्त नेपाल र प्रदिप धिमालले मन्तव्य राख्नु भएको थियो ।

भिभिषण वाग्लेले संचालन गर्नु भएको भेलाले धिमालको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो । सो कमिटीको उपाध्यक्षमा दिनानाथ पौडेल, मेघराज आचार्य, ज्ञानेन्द्र कार्की, सचिबमा बिभिसण वाग्ले, सह सचिबमा कृष्ण आचार्य, हेमराज सुवेदी लगायत रहेको जनाइएको छ ।