बाहुण्डाँगी । लमजुङ जेसीजद्धारा संस्थाका पदाधिकारीहरुलाई आफ्नो जिम्मेवारी, काम कर्तव्य, अधिकार र दायित्वबोध गराउने उद्धेश्यले एक दिने तालिम प्रदान गरीएको छ ।
कार्यक्रम लमजुङ जेसिज २०२२ का अध्यक्ष प्रेम गुरुङको अध्यक्षता एवं नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाधयक्ष जेसिआई सेनिटर रविन पोख्रलको प्रमुख आतिथ्यतामा तालिम भएको थियो । कार्यक्रममा जेसिआई सेनिटर रविन पोख्रले र चितवन जेसिज २०२१ का महासचिव अमर घिमेरले प्रशिण दिनु भएको थियो ।

जेसिजमा आवद्ध भएका युवाहरुलाई उद्यमशिल्ता तर्फ बढी आकर्षण गर्नका लागि सो तालिम दिनको आवश्यकत पर्ने जेसिआई सेनिटर रविन पोख्रेलले बताउनु भयो ।

तालिममा जेसिज २०२२ का कार्यकारी उपाध्यक्ष जेसी रोशन खतिवड, पूर्व अध्यक्ष जेसी सुरेश श्रेष्ठ, जेसी बासुदेव दवाडीले मन्तव्य राख्नु भएको थियो । जसिज २०२२ का कार्यकारी उपाध्यक्ष विक्रम घलेले संस्थाको आस्था पाठ सुनाएको थियो भने जेसी गोमा जोशीले मिसन भिजन बाचन गरेका थिए ।
संस्थाका कार्यकारी उपाध्यक्ष प्रतिजंग तामाङले स्वागत गर्नु भएको तालिममा जेसिज २०२२ का महासचिव जेसि विष्णु उपाध्ययाले संचालन गर्नु भएको थियो ।

