बाहुण्डागी । मोटरसाइकल दुर्घटनामा परि निधन भएका
भेरिगंगा जेसीजका सस्थापक उपाध्यक्ष, २०२१ का महासचिव तथा भेरीगङगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज कार्कीको सम्झनामा बिरता जेसिजले शोक सभा गरेको छ । सोमबार सस्थाको सचिवालयमा आयोजित शोकसभामा जेसिज अभियानमा रहेका उर्जावान ब्यक्तिको निधनले बिरता जेसिज शोकमग्न भएको शाखाका अध्यक्ष प्रबिण खडकाले बताउनु भयो । अध्यक्ष खडकाले जेसिज अभियानमा रहेका जेसिजकर्मीको निधनमा बिरता जेसिज परिवारले शोक सभा गरेको बताउनु भयो ।
वीरता जेसीजका अध्यक्ष जेसी प्रविन खड्काको अध्यक्षतामा भएको शोक सभामा प्रमुख अतिथिको आतिथ्यता नेपाल जेसीजका पुर्व कार्याकारिणी उपाध्यक्ष सिनेटर विनोद वस्नेतको रहेको थियो ।
भेरिगंगा जेसीजका २०२१ का प्रकरण निर्देशक समेत रहनु भएका कार्की कर्णाली प्रदेशकै कान्छा वडा अध्यक्ष हुन ।

स्थानिय निकायको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएर पनि जेसिजप्रतिको मोहलाइ आत्मासाथ गर्दै सस्था स्थापना गर्दा सस्थापक उपाध्यक्ष पदको जिम्मेवारी लिएर काम गरेका थिए । उनी महासचिव भएको बर्ष २०२१ मा जेसिज भिलेज परियोजना ल्याएर काम गरेका थिए । जुन जेसिज भिलेजकै आधारमा भेरीगङगा जेसिज २०२१ को उत्कृष्ट शाखाका रुपमा पुरस्कृत भएको थियो ।
जेसिजकै नाममा भवन बनाउने सपना बोकेका कार्कीले आफ्नो वडाबाट हरेक आर्थिक बर्षमा शाखालाइ बजेट बिनियोजन गर्दै आएका थिए । कार्की आउदो स्थानिय निर्वाचनमा पुन अध्यक्षमा उठने योजना बनाएर २०२२ मा अध्यक्ष बन्ने अवसर पाएर पनि सहमतिमा गोपि शर्मालाइ सहयोग गरेका थिए ।

