संघ \संस्था

खाँडादेवी जेसीजद्धारा अचार बनाउने तालिम सुरु

बाहुण्डाँगी । खाँडादेवी जेसीजले दुइ दिने अचार बनाउने तालिम सुरु गरेको छ ।
सामाजिक कार्यमा जेसीजको भूमिकालाई अझ फराकिलो बनाउँदै खाँडादेवी गाउँपालिका वडा नम्बर ९ पिन्खुरामा मंगलवारबाट दुइदिने अचार बनाउने तालिम सुरु गरेको हो । खाँडादेवी गाउँपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा भएको तालिममा उक्त क्षेत्रका ३० जनाको सहभागिता रहेको छ । तालिममा प्रशिश्रक सजना नकर्मीले सहभागिलाई अचार बनाउन सिकाइरहनु भएको छ ।


शाखाकी अध्यक्ष सम्झना श्रेष्ठको सभापतित्व तथा वडा अध्यक्ष चिनिमाया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजक भिम थोकर र सञ्चालन सहकोषाध्यक्ष मन्दिरा श्रेष्ठले गर्नु भएको थियो । तालिम बुधवार सकिने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।


स्मरण रहोस ग्रामिण क्षेत्रमा रहेको यो शाखा स्थापनाको छोटो समयमा अत्यन्तै प्रभावकारी काम गर्दै सामाजिक अभियानमा सक्रिय छ । यो वर्षको पहिलो महिनामै नेपाल जेसीजबाट पुरस्कृत भइसकेको छ ।