मेचीनगर । आसन्न निर्वाचनमा मेचीनगर ८ मा नेकपा एमालेको तर्फबाट विकेन्द्र धिमालको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ ।

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले वडाध्यक्षमा विकेन्द्र धिमाल, खुल्ला तर्फ वडा सदस्यमा कुन्दन निरौला र बिष्णु भट्टराई, महिला सदस्यमा मनकुमारी गिरी र दलित महिला सदस्यमा कविता खनाल मिजारलाई अगाडी सारेको छ ।
साविक मेचीनगर क्षेत्रका वडा मध्ये यस अघिको निर्वाचनमा वडा नम्बर ८ मा मात्रै वडाध्यक्षमा विजयी हासिल गरेको थियो । जसमा पनि वडाध्यक्ष सहित चार सदस्यिय निर्वाचित भएका थिए । खुल्ला तर्फ महिला सदस्य भने काँग्रेसले जितेको थियो ।

