चन्द्र बस्नेत
कनकाई । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कनकाई नगर घरदैलो अभियान सञ्चालनको तयारीमा जुटेको छ ।
भोलि बुधबार बिहान वडा ४ मा रहेकोे लक्ष्मी पान्डे सालिकामा पुगि औपचारिक रूपमा उम्मेद्बारहरुलाई पाटीको झन्डा हस्तान्तरण गरि घर- दैलो अभियान सुरु हुने नगर अध्यक्ष खड्ग प्रसाईले जानकारी दिनु भयो। अब भोलि बुधबार बिहान बाट नै नगर भरिरहेका मतदाताको घरघरमा पुगेर भोट माग्ने र जनताको समस्या सुन्ने गरी घरदैलो अभियान शुरु गर्न एमाले आन्तरिक छलफलमा जुटेको एमाले नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक रविन्द्र लम्सालले जानकारी दिनुभयो।
निर्वाचनमा जित हासिल गर्ने गरि सशक्त ढंगले स्थानीय मतदाताहरुको घर घरमा जाने तयारीमा जुटेको नेकपा एमाले संयोजक लम्सालले बताउनु भयो। मंगलबार( आज) सम्पन्न वडा तथा नगर कमिटीहरुको बिस्तारित बैठकले यस्तो अभियानबारे बिचार विमर्श गरेको थियो ।
मंगलबार (आज) प्राय सबै वडाहरुमा बिस्तारित बैठक सम्पन्न भएको छ । बिस्तारित बैठकमा केन्द्रीय , छेत्रीय , जिल्ला एवम नगर तथा सबै वडा स्तरीय नेताहरु क्रमशः बाल कृष्ण मैनाली , गोपाल चुडाल , देवी प्रसाद उप्रेती , गोकर्ण ओझा ,राजेन्द्र उप्रेती , टन्क बहादुर कार्की तुला राम बस्नेत , बिनोद राना, नगर अध्यक्ष खड्ग प्रसाईं लगायतको उपस्थिति रहेको निर्वाचन परिचालन समितिका सयोजक लम्सालले जानकारी दिनु भयो।
बैठकमा सबै वडाका अध्यक्ष लगायत सदस्यहरुको समेत उपस्थिति रहेकोे थियोे ।नगर अध्यक्ष खड्ग प्रसाईंको अध्यक्षमा सम्पन बैठकमा अधिकास एमाले नेताहरुले चुनावको नतिजा आफ्नै पक्षमा हुने भन्दै थप तयारीमा जुट्न, सबै वर्ग र क्षेत्रमा पुगेर प्रभावकारी प्रचार–प्रसार गर्न आवश्यक रहेको औल्याएका थिए ।
बैठकले एमाले सशक्त रुपमा आम मतदाता सम्म जानका लागि रबिन्द्र लम्साल सयोजक रहेकोे १ हजार ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। जसमा छुट्टाछुट्टै विभिन्न उपसमिति समेत गठन गरिएको छ। बैठकले युवा परिचालन समिति, प्रचार–प्रसार समिति लगायतका उपसमिति समिति गठन गरेको छ ।

