काठमाडौं । इद (इद उल फित्र) पर्वको अवसरमा सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै इद पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो।
०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इदको बिदा दिने निर्णय गरिएको छ । राजपत्रमा जारी सूचनाअनुसार नै सरकारले वैशाख २० गते आज इदको बिदा दिएको छ ।


