मेचीनगर । नेकपा एमाले मेचीनगर ४ ले पृथक र पुख्र्यौली शैलिमा आसन्न निर्वाचनको लागी मत मागीरहेको छ ।
एमालेबाट मेचीनगर ४ का वडाध्यक्षका प्रत्यासी अर्जुनकुमार कार्की र उनको टिमले वडामा सारङ्गीको तालमा जनवादी गीत गाँउदै वडाबासीलाई मत मागीरहेका छन् ।

लामो समयदेखि प्रकृति संरक्षण, वातावरण तथा पर्यटन सम्बन्धी काममा सक्रिय कार्की प्रखर बक्ताको रुपमा परिचित छन् । बाहुण्डागीका लोकप्रिय युवा नेता कार्कीले मेचीनगर ४ को मुहार फेर्न अफुलाई मत दिन वडाबासीलाई आग्रह समेत गरिरहेका छन् ।


