संघ \संस्था

गौरादह जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । गौरादह जेसीजलाई मे महिनाको जेसीज अफ द मन्थको अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजद्धारा हरेक महिना उत्कृष्ट शाखाहरुलाई वितरण गर्दै आएको उक्त अवार्ड शनिवार सार्वजनिक गरिएको थियो । जसमा क्षेत्र क का शाखाहरु मध्ये गौरादह जेसीजले मे महिनाको अवार्ड प्राप्त गरेको हो ।
एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनका आधारमा मुल्याङ्कन गरेर उक्त अवार्ड प्रदान गरिन्छ । राष्ट्रिय महासचिव कृष्ण सापकोटाले रिपोर्टका आधारमा गौरादह क्षेत्र क को उत्कृष्ट शाखा भएको र अवार्ड प्रदान गरिएको बताउनु भयो ।
गौरादह जेसीजकी प्रथम महिला अध्यक्ष विनिता कटुवालले थुप्रै चुनौतीहरुका बिच गरेको कार्यलाई मुल्याङ्कन गरी नेपाल जेसीजले दिएको यो अवार्डले थप उर्जा मिलेको बताउनु भयो । उहाँले आगामी दिनमा शाखालाई अझ गतिशिल र सामाजिक कार्यमा सधै अब्बल अवस्थामा लैजाने बताउनु भयो ।