संघ \संस्था

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन भदौ १७ र १८ गते, इन्द्रपुरको सचिवलाय उद्घाटन

बाहुण्डाँगी । मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित विराटचोकमा नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलन २०२२ को आयोजना हुने भएको छ । सम्मेलन १० वर्ष पछि आयोजना हुन लागेको हो, यस अघि सन् २०१२ मा आयोजना गरिएको थियो ।
नेपाल जेसिजको आयोजना तथा इन्द्रपुर जेसिजको आतिथ्यतामा हुन लागेको उक्त सम्मेलनको बारेमा मंगलबार एक कार्यक्रमको आयोजना गरि आगामी दिनमा गरिने कार्यक्रमका बारेमा जानकारी गराइएको हो । उक्त कार्यक्रममा विभिन्न विषयगत समिति–उपसमिति तोकी विभागीय काम कारवाही अगाडी बढाइने बारेमा समेत छलफल भएको छ ।

निर्देशक समिति, सल्लाहकार सदस्य, स्मारिका प्रकाशन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, आवास व्यवस्थापन उपसमिति, यातायात व्यवस्थापन उपसमिति, रजिष्ट्रेशन उपसमिति, सूचना सञ्चार तथा प्रविधि उपसमिति, खाना व्यवस्थापन उपसमिति, किट ब्याग, हल तथा मायाको चिनो व्यवस्थापन उपसमिति, तालिम व्यवस्थापन उपसमिति, मनोरञ्जन तथा साइडसीन व्यवस्थापन उपसमिति, अतिथि स्वागत तथा सम्मान उपसमिति र प्रभातफेरी व्यवस्थापन उपसमिति गरि १२ वटा उपसमिति निर्माण समेत गरिएको छ ।

मंगलवार सम्मेलनको सचिवालय उद्घाटन गर्दै प्रमुख अतिथि तथा नगरप्रमुख केदारप्रसाद गुरागाईले इन्द्रपुर जेसीजले अरु जेसीज भन्दा फरक ढंगले कार्य गर्दै आएको र समाजको प्रतिष्ठासँग जोएिको बताउनुभयो । उहाँले आज भोली जेसिज लगायत अन्य सामाजिक संघसंस्थामा युवाहरुको प्रतिनिधित्व बढ्दै गएको बताउनुभयो । सम्मेलन नगरको मात्र नभएर यस क्षेत्रकै प्रतिष्ठासँग प्रत्यक्ष जोडिने भएको हुँदा सफल बनाउन आफ्नो भूमिका र दायित्व सधै रहने प्रष्ट पार्नुभयो । साथै उहाँले सन् २०१२ मा आयोजित कार्यक्रम पनि भब्यताका साथ सफल भएको जानकारी गराउँदै यो सम्मेलन पनि ऐतिहासिक बन्ने कुरामा आशाबादी रहेको उल्लेख गर्नुभयो । त्यस्तै उहाँले पहिलाको तुलनामा अहिले धेरै चुनौती रहेको र आर्थिक भार समेत बढेको हुँदा धेरैबाट थोरै आर्थिक सङ्कन गरेर कायक्रम सफल गर्न सकिने समेत सल्लाह दिनुभयो । कार्यक्रमलाई सफल तुल्याउन स्थानीय सरकार कसरी सहयोगी बन्न सक्छ र बन्ने भन्ने बारेमा समेत छलफल हुने मेयर गुरागाईको भनाई थियो ।

आगामी भाद्र १७ र १८ गते हुने सम्मेलनमा नेपाल जेसिज अन्तर्गत ‘क’ क्षेत्र भित्र पर्ने ४३ वटा शाखाहरुको सहभागीता रहने कार्यक्रमका सभापति तथा सम्मेलन निर्देशक नारायण कार्कीले बताउनुभयो । उहाँले तोकिएका विषयगत समितिहरुलाई जिम्मेवारी पूर्वक कार्य गर्न निर्देशन दिनुभयो । सुन्दरहरैँचा नगरपालिकालाई परिचित गर्न र व्यवसायिक तथा पर्यटकीय स्थानको प्रबन्ध टेवा पुग्ने उद्देश्य सहित सम्मेलनको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो

नेपाल जेसीज क्षेत्र ‘क’ राष्ट्रिय उपाध्यक्ष राजिव प्रसाइले जेसीजले गरेको कामको देशभर सन्देश प्रवाह हुने हुँदा नगरका विद्यालय, विभिन्न सामाजिक संघसंस्थालाई समेत समेटेर जान सकिने बताउनुभयो ।
सूचना सञ्चार तथा प्रविधि उपसमितिका निर्देशक कृष्णप्रसाद ओझाले सञ्चालन गर्नुभएको कार्यक्रममा इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका निर्देशक रोहितकुमार साहले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा एकता मिडिया प्रा।लि। रेडियो सुसेलीका अध्यक्ष तथा सामाजिक व्यक्तित्व रमेश खड्का, इन्द्रपुर जुनियर जेसीजकी अध्यक्ष अल्का सुवेदी, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, जेसीजका पूर्व अध्यक्ष तथा पदाधिकारी, लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनलाई उत्कृष्ट बनाउन क्षेत्र क का सबै शाखाहरुको उत्तिकै जिम्मेवारी रहेकाले यसको तयारी लाग्न सबै शाखा अध्यक्षहरुलाई पत्रचार गरिने र विभिन्न क्षेत्रका व्यक्तिहरुसँग सहकार्य गर्ने निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाले बताउनु भयो ।