समाचार

झापाको मेचीनगरमा नवजात शिशुको शव फेला

झापा । झापाको मेचीनगरमा नवजात शिशुको शव फेला परेको छ । मेचीनगर–७ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको हो ।

शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गदेखि ५० मिटर दक्षिण खोलामा तैरिरहेको अवस्थामा शिशुको शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।