संघ \संस्था

गौरादहमा जेसीज धारा सञ्चालनमा

बाहुण्डाँगी । सामाजिक क्षेत्रमा रहेर अब्बल सावित गर्दै आएको गौराहद जेसीजले गौरादह बजारमा पानीको धारा सञ्चालनमा ल्याएको छ । गौरादह नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको धाराको नाम नै जेसीज धारा राखिएको छ । जेसीज धाराको उद्घाटन नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले गर्नु भएको थियो ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले जेसीजको मुल मर्म नै मानवताको सेवा भएकाले निरन्तर मानवताको सेवामा समप्रित रहने बताउनु भयो । मानवीय आवश्यता रहेको पानीलाई गौरादह जेसीजले गरेको अभियानलाई अध्यक्ष भण्डारीले प्रशंसा गर्नु भयो ।


शाखाकी अध्यक्ष विनिता कटुवाल अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख छत्रपति सुवेदी, उपाध्यक्षहरु राजिप प्रसाई, कुमारसिंह सावा, मातृ शाखा दमक जेसीजका अध्यक्ष सञ्जिव बराल, गौरादह नगरपालिका वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारी, वडा नम्बर २ का अध्यक्ष गोपाल कोइराला, चक्रपाणी बराल, सर्य भट्टराई, अर्जुन लोहोनी, गंगा काफ्ले, कल्पना अधिकारी, दुर्गा गौतम, इन्जिनियर गोपाल भण्डारी, शाखाका पूर्व अध्यक्षहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमको संयोजक कोषाध्यक्ष भानु आचार्य रहनु भएको थियो भने सञ्चालन महासचिव खड्गबहादुर थापाले सञ्चालन गर्नु भएको थियो ।