संघ \संस्था

गछिया जेसीजद्धारा नेतृत्व विकास सम्बन्धि तालिम

बाहुण्डाँगी । गछिया जेसीजको आयोजनामा एक दिने नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । आदीवासी जनजाति महासंघको हलमा आयोजित तालिमको सहजीकरण धुलावारी जेसीजका पूर्व महासचिव तथा सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले सहजीकरण गर्नु भएको थियो ।


शाखाका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उदेयश्यले आयोजित तालिममा ६५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।


शाखाका अध्यक्ष मदन दाहालको सभापतित्व तथा सुन्दर हरैचा वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष लिङ्गदेनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, आदिवासी संघ सुन्दरहरैचाका अध्यक्ष सुमन राई, वार्डसदस्य तेज बा प्रधान, वडा सदस्य शिबराज चौधरी , कार्यपालिका सदस्य आन्नद लिंखा, शाखाका संस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमिरे, पुर्बअध्यक्षहरु नेत्र प्रसाद दुलाल बोधराज रिजाल, रबिन सिटौला, अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुँवर (राजु) को सहभागिता रहेको थियो ।


उपाध्यक्ष निराजन धमालको संयोजकत्वमा रहेको कार्यक्रमको स्वागत निवर्तमान अध्यक्ष रविन सिटौलाले गर्नु भएको थियो भने सञ्चालन महासचिव पुष्पा सिग्देलले गर्नु भएको थियो ।