बाहुण्डाँगी । चम्पापुर जेसीज २०२२ को अध्यक्षमा केशव तिम्सिना निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको २३ औं बार्षिक साधारणसभाबाट तिम्सिना सर्वसम्वत अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन अधिकृत पूर्व अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताउनु भयो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा अमृत भट्टराई, सृजना सुबेदी, उपाध्यक्षमा उज्ज्वल न्यौपाने, बिकेश गौतम, सबिना पाण्डे, बिनोद तिमल्सिना निर्वाचित हुनु भएको २०२१ का शाखा अध्यक्ष प्रभाकर घिमिरेलेबताउनु भयो । यसैगरी नवनिर्वाचित अध्यक्ष तिम्सिनाले महासचिवमा राजेश दाहाल, कोषाध्यक्षमा गणेश तिमल्सिना र कानुनी सल्लाहकारमा गोपि कृष्ण दुलाललाई मनोनित गर्नु भएको छ । स्मरण रहोस पोखरामा सम्पन्न ४८ औँ महाधिवेशनबाट यस शाखाका निवर्तमान अध्यक्ष योगीराज अधिकारीलाई २०२२ को उपाध्यक्षमा निर्वाचित भएका छन् ।

