संघ \संस्था

पोखरा जेसीजको अध्यक्षमा मिनराज खड्का निर्वाचित

बाहुण्डाँगी । पोखरा जेसीजका लागि २०२२ को अध्यक्षमा मिनराज खड्का निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको ४२ औँ शाखा अधिवेशन तथा ४७ औँ बार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो ।
हालै मात्र नेपाल जेसीजको ४८ औँ महाधिवेशन सम्पन्न गरेको पोखरा जेसीजले एक सातामै आफ्नो शाखा अधिवेशन गरेर नयाँ नेतृत्व ल्याएको हो । २०१० बाट जेसीज अभियानमा जोडिएर निरन्तर रुपमा विभिन्न पदको कुशल जिम्मेवारी पुरा गर्नु भएका खड्का २०२१ मा विज्नेश डेब्लोभ्मेन्ट आयुक्त हुनुहुन्थ्यो ।


शाखाको कार्यकारीणी उपाध्यक्षमा कुशल पौडेल, उपाध्यक्षहरुमा सुदिप सापकोटा, कपिल पौडेल, रबिन्द्र गोदार, नारायण बास्तोला, निर्देशकमा सञ्जय पौडेल, राजकुमार गुरुङ, राजकुमार बोहोरा, प्रवेश लामिछाने निर्वाचित हुनु भएको निर्वाचन अधिकृत तथा पूर्व अध्यक्ष सन्तोष शाहीले बताउनु भयो ।
यसैगरी, महासचिवमा प्रकाश घिमिरे, कोषाध्यक्ष सुमन पहारी, कानुनी सल्लाहकार शक्ति बरुवाल, ुसचिवमा इभिक कर्माचार्य मनोनित हुनु भएको अधिवेशन निर्देशक तथा निवर्तमान अध्यक्ष शिव सापकोटाले बताउनु भयो ।
संस्थाका अध्यक्ष किरण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको उल्लेखिय सहभागिता रहेको थियो ।


नवनिर्वाचित अध्यक्ष खड्काले संस्थको गरिमालाई उच्च राख्दै हरेक युवाहरुलाई उद्यमशिलतामा प्रेरित गर्न आफु वर्षभरी काम गर्ने र हरेक युवाहरुलाई जेसीजप्रतिको मोहलाई आक्रशित गराउन विभिन्न कार्यक्रमहरु लिएर आउने बताउनु भयो ।