बाहुण्डाँगी । त्रिभूवनगर जेसीजका लागि २०२२ को अध्यक्षमा विवेक आचार्य निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको अधिवेशनले आचार्यलाई संस्थाको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो ।
यसै वर्ष मात्र पहिलो पटक शाखाबाट नेपाल जेसीजको नेतृत्व गर्ने अवसर पाएको त्रिभूवनगरले महाधिवेशनबाट आए लगत्तै शाखा अधिवेशन गरेको हो । राष्ट्रिय नेतृत्वमा यस शाखाका पूर्व अध्यक्ष लालमणी भण्डारी निर्वाचित हुनु भएको छ । यो संगै शाखामा आचार्य र केन्द्रमा भण्डारीले नेतृत्व गर्नुहुनेछ ।
यसैगरी कार्यकारीणी उपाध्यक्षमा महेश गुप्ता, योगेश पन्त, उपाध्यक्षहरुमा अमर अधिकारी, किरण न्यौपाने, कृष्णदेव थापामगर, भ्यकुमार पुन र सचिवमा रमेश घिमिरे निर्वाचित हुनु भएको छ । अन्य पदहरुमा भने पदहस्तान्तरण समारोहमा मनोनित गरिनेछ ।


