संघ \संस्था

बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह अन्तर्रगत दोस्रो दिन शुद्ध खानेपानी वितरण

मेचीनगर । बाहुण्डाँगी जेसीज वर्ष २०२२ ले आफ्नो जसीज सप्ताह अन्तर्रगत कृष्ण जन्मअष्टमीको अवसर पारेर कृष्णथुम्की धाममा शुद्ध खानेपानी वितरण गरेको छ ।

बाहुण्डाँगी जेसीजले शुक्रबार मेचिनगर नगरपालीका वडा नम्वर १ मा अवस्थित धार्मिक ताथ पर्यटकिय स्थल कृष्ण थुम्किमा भगवान श्री कृष्णको पुजा आरधाना गर्न आउने दर्शनार्थीहरुलाई शुद्ध खानेपानी वितरण गरेको हो ।

कृष्ण जन्मअष्टमीको दिन नेपालको विभिन्न क्षेत्रसंगै छिमेकी मुलुक भारतबाट पनि ठुलो संख्यामा दर्शनार्थीहरु कृष्णथुम्कीधाम आउने गरेकाले उनीहरुलाई सहजताको लागि मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुल मत्र लाई अनुसरण गर्दै स्वच्छ पिउने पानी उपलब्ध गराएको बाहुण्डाँगी जेसीज वर्ष २०२२ का अध्यक्ष हेमन्त मोक्तानले जानकारी दिए ।