संघ \संस्था

बाहुण्डाँगी जेसीजको सप्ताह समापनमा दजनौ सम्मानित

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको जेसीज सप्ताह समापन समारोहको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै समापन भएको छ ।
शनिवार बाहुण्डाँगीमा आयोजित एक समारोहकाबिच बाहुण्डाँगी जेसीजको प्रतिनिधित्व गर्दै स्थानीय निर्वाचनमा निर्वाचत हुने निवर्तमान अध्यक्ष दिपक बराल, जिल्ला फुटबल संघका निर्वाचत शाखका पूर्व अध्यक्ष जीवन मोते, रोट्याक क्लबको अध्यक्षमा डालिम खड्का, प्रेस क्लब मेचीनगरको सचिवमा निर्वाचत देबु बानियाँ, वडा सदस्यमा निर्वाचित पवन बसाइली, वडा सदस्यमा निर्वाचित किशोर भट्टराई, होमस्टे एसोशियसनमा निर्वाचत मञ्जिल देवानलाई सम्मान गरिएको थियो ।

यसैगरी, २०७८ सालको एस.इ.इ. परीक्षामा साविक बाहुण्डाँगी गाविसबाट उत्कृष्ट जीपीए ल्याउने उत्सव खनाल, युष्मा पोखरेललाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो । मातृ शाखा धुलावारीका पूर्व नारायण खनाल, निवर्तमान अध्यक्ष राजिप प्रसाईलाई पनि सम्मान गरिएको थियो ।
साबिक बाहुण्डाँगी गाविसमा रहेका मेचीनगर १, २, ३ र ४ नम्बर वडाका जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वडा नम्बर १ का वडा अध्यक्ष रामकुमार राई, वडा नम्बर ३ का अध्यक्ष हर्कबहादुर बस्नेत, वडा नम्बर १० का वडा अधयक्ष नारायण खनाल र वडा न ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीलाई सम्मान गरिएको थियो ।


यसैगरी जनप्रतिनिधिहरु तिलजा देवान, शान्त प्रसाद न्यौपाने, चेतकुमार हुमगाई, सिता विश्वकर्मा, बेनुपकुमार राई, नगेन्द्र न्यौपाने, सिता मोते, डम्बर कुमारी बेडारी, खेमकुमार साँवा, फुलमाया रोक्का, गीतादेवी नेपाल, नुरबहादुर कार्की, गिता लुङ्गेली मगर, धनमाया कोइरालालाई सम्मान गरिएको थियो ।

शाखाका अध्यक्ष हेमन्त मोक्तानको सभापतित्व तथा मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, पूर्व अध्यक्षहरु बद्री निरौला, जीवन मोते, निवर्तमान अध्यक्ष दिपक बराल, मातृ शाखाका पूर्व अध्यक्ष नारायण खनाल, अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुवँर, मेची उद्योग वाणिज्य संघका सचिव रबिचन्द्र नेपाललगायतले बोल्नु भएको थियो । कार्यक्रममा छिमेकी शाखाका अध्यक्ष, शाखका पूर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


कार्यक्रम संयोजक केवल निरौलाले स्वागत गरेको कार्यक्रमको आस्था पाठ कार्यकारीणी उपाध्यक्ष नित्यानन्द चम्लगाई र सञ्चालन महासचिव प्रविण भण्डारीले गर्नु भएको थियो ।