बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र क सम्मेलनको पूर्व सन्ध्यामा विराटचौक बजार सरसफाइ गरिएको छ । इन्द्रपुर जेसीजको आतिथ्यतामा हुने दुई दिने सम्मेलनको प्रचार प्रसार तथा नगर सरसफाइ गर्ने उदेश्यले यस क्षेत्रको अभिभावक संस्था इन्द्रपुर बाणिज्य संघको अगुवाइमा दर्जनौ संघ संस्थाको सहभागितामा बजार सरसफाइ गरिएको हो ।

सुन्दर हरैचा नगरपालिका भित्र रहेका विभिन्न सामाजिक संघ संस्था, ईन्द्रपुर जेसिज, लाइन्स क्लब अफ इन्द्रपुर, पिएलओ ग्रुप, कञ्चनजंगा कम्पनी, इन्द्रपुर जुनियर जेसीज, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न संघ संस्थाको स्वतस्फूर्त सहभागिता रहेको संस्थाका अध्यक्ष भवानी ढकालले बताउनु भयो ।

सरसफाइ अभियानमा शाखाका अध्यक्ष भवानी ढकाल, पूर्व अधयक्षहरु सारदाप्रसाद ढकाल, डिल्लीप्रसाद ढकाल, पुर्व अध्यक्ष तथा यस नगरका मेयर केदारप्रसाद गुरगाई, बाणिज्य संघका अध्यक्ष तथा इन्द्रपुर जेसीजका मानार्थ सदस्य कृष्णप्रसाद रिजाल तथा विभिन्न सामाजिक व्यक्तिहरुको सहभागितामा सरसफाइ अभियान सम्पन्न भएको हो ।

मेरो नगर, सफा नगर, इन्द्रपुर सम्मेलन सफल पारौ भन्ने नाराका साथ आज नगर सरसफाइ गरिएको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण ओझाले बताउनु भयो ।
सम्मेलनको अन्य आन्तरिक तयारी समेत अन्तिम चरणमा पुगेको सम्मेलन निर्देशक नारायण कार्कीले बताउनु भयो ।



