बाहुण्डाँगी । राष्ट्रिय बाल दिवसको अवसर पारेर बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ मा सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार विद्यालयमा आयोजित समारोहमा विद्यालयका पूर्व प्रधानाध्यापक तिलक धिमाल र पूर्व विद्यालय कर्मचारी सन्तबहादुर थापालाई सम्मान गरिएको थियो ।

यसैगरी, विद्यार्थीहरुद्धारा प्रतियोगि नृत्य प्रस्तुत गरिएको थियो । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यसैगरी, आर्थिक वर्ष २०७८÷७९ को सामाजिक लेखा परिश्रण समेत अभिभावक भेलाद्धारा पास गरिएको छ ।

विद्यालयका प्रधानाध्यपाक हरिप्रसाद चापागाईले प्रस्तुत गर्नु भएको कुल ५३ लाख ४३ हजार २ सय ६७ रुपैयाँ बराबरको आय व्यय उक्त भेलामा सर्वसम्वत पास गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्व तथा मेचीनगर ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखाका सदस्य विष्णु भट्टराई, पूर्व वडा सदस्य रिता थापालगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य गिता नेपाल, खेम साँवा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, वहुवन सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
शिक्षक देबु बानियाँले स्वागत गरेको कार्याक्रमको सञ्चालन शिक्षक निरज पोखरेल र सुशिल यादवले गर्नु भएको थियो ।








