राजनीति

एमाले झापाबाट को–को परे समानुपातिक उम्मेदवारको बन्द सूचीमा

बिर्तामोड । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । सोमवार साँझमा नामावली बुझाएको एमालेले जनाएको छ । सो नामावलीमा झापा जिल्लाबाट दश जनाको नाम अटाइएको छ ।

प्र्रतिनिधिसभा सदस्य तर्फ के।आर। खम्बू , अमृतलाल राजवंशी, हर्कमाया विक, भीम खवास , निर्मला शिवाकोटी पाठक र निरु पुलामी मगर समानुपातिकको बन्द सूचीमा परेका हुन् ।

प्रदेशसभा सदस्य तर्फ नम्बरलाल धिमाल , तारा ढकाल , कमला थापा मगर र विद्यानन्द राजवंशी समानुपातिकको सूचीमा परेको नेकपा एमाले झापाले जनाएको छ ।