संघ \संस्था

तीन दिवशीय देवानी संहिता सम्बन्धी तालिम विर्तामोडमा सुरु

झापा, अषाढ ९ । बिर्तामोड नगरपालिकाका वडा सदस्य तथा मेलमिलाप केन्द्रका संयोजकहरुलाई आजदेखि तीन दिनसम्म देवानी संहिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
नारी सञ्चार गृह झापाले आयोजना गरेको तालिममा बिर्तामोड नगरपालिकाको वित्तीय सहयोग रहेको छ । अषाढ ११ गते सम्म सञ्चालन हुने तालिमको सोमबार उद्घाटन विर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले गरेका थिए ।
प्रमुख अतिथि सिवाकोटीले तालिम राम्रो भए पनि समय अनुकुल भनएको बताए सोही अवसरमा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले २०७५ भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी संहितालगायत ऐन नियमहरुको आधारमा न्यायिक समितिमा छलफल एवम् मेलमिलाप गराइँदै आएकाले तालिम फलदायी बन्नेमा विश्वास व्यक्त गरिन् ।
तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले तालिम सफलताको शुभकामना राख्दै वर्तमान केही ऐन नियमहरु प्रेसमैत्री नरहेकोमा दुख व्यक्त गरेका थिए ।
तालिमको सहजीकरण अधिवक्ताद्वय कमला आचार्य र देवी निरौलाले गरिरहेका छन् । तालिममा ३० जनाको सहभागिता रहेको आयोजक संस्थाकी भुमिका सुब्बाले जानकारी दिईन । नारी सञ्चार गृह झापाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा आयोजना भएको उद्घाटन कार्यक्रममा आमन्त्रितहरुलाई आयोजक संस्थाका उपाध्यक्ष भीमा शिवाकोटीले शब्द स्वागत गर्दै तालिमको औचित्य प्रष्ट्याएकी थिइन् भने सञ्चालन सचिव रोजिना गौतमले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published.