मेचीनगर । झापाको मेचीनगर १० स्थित प्रगतिशिल युवा क्लवको अध्यक्षमा कविता कार्की सर्वसम्मत चयन भएकी छिन् । बिहिवार लालपानी सामुदायिक अध्ययन केन्द्र भवनमा आयोजित संस्थाको ५औं साधारण सभाले कार्कीको नेतृत्वमा नँया कार्यसमिति चयन गरेको हो । सभाको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेकी थिइन् ।

कार्कीको नेतृत्वमा सस्थाको उपाध्यक्षमा शंकर गजुरेल, सचिवमा सुजन घिमिरे, सहसचिवमा मुना कार्की र कोषाध्यक्षमा दुर्गा खनाल, सर्वसम्मत निर्वाचित भएकी छिन् । त्यस्तै क्लबको सदस्यहरुमा मुस्नान चौहान, गंगा घिमिरे, सानो कुमार लिम्वु, विमला तिम्सिना, दिपा कार्की, अंकित खनाल, दिनेश दाहाल, सुविक खनाल, रिना उराउ र निरज खरेलसहित १५ सदस्यीय नँया कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

क्लबका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन क्लबका सहसचिव सुजन घिमिरेले गरेका थिए ।

