बाहुण्डाँगी । दिप ज्योति टोल मेचीनगर २ द्धारा आयोजित तेस्रो दिप ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा ब्रर्दस युनाइटेड क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
आइतवार दिपज्योति टोलको खेल मैदानमा सम्पन्न प्रतियोगितामा विर्तामोड युनाइटेडलाई २ – १ को गोल अन्तरले हराउँदै चन्द्रगढी सेमीफाइनलमा प्रवेश गरेको हो । जितका लागि चन्द्रगढीमा सञ्जय लिम्बूले २ गोल गरेका थिए भने विर्तामोडका प्रशान्त लक्समले १ गोल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ द म्याच विजेता टिमका सञ्जय लिम्बू भएका थिए । सोमवारको खेल आयोजक दिपज्योति युवा क्लब र जिर्मले फुटबल क्लब इलामबिच हुने आयोजकका विशाल राइले बताउनु भयो । १८ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल २७ गते हुनेछ भने विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् ।


