झापा । मेचीनगर नगरपालिकाकि उपप्रमुख मीना पोखरेल उप्रेतीले अपांगता भएका मानिसहरू प्रति समाजले हेर्ने दृष्टिकोण सकरात्मक नभएको बताउँदै त्यसलाई सबैले परिवर्तन गर्नुपर्ने बताएकी छिन् ।

अपांगता भएका मानिसहरूलाई हेर्ने दृष्टिकोण अहिले पनि समाजमा फरक रहेको बताउँदै उप प्रमुख उप्रेतीले जुनसुकै कारणले शारीरिक रूपमा अशक्त भएको भएता पनि उनीहरूको यस समाज र राष्ट्र प्रति कहीँ कतै योगदान रहेको बताइन् ।

३१ अौ अपांगता दिवासको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख समेत रहेकी उप्रेतीले स्थानीय सरकारको तर्फबाट आफुले गर्नुपर्ने आवश्यक साथ र सहयोग सदैव गर्ने प्रतिबद्धा जाहेर गरिन् ।
मेचीनगर १० स्थित काली मन्दिरदेखि ढाटसम्म र्याली पश्चात् आयोजना भएको कार्यक्रममा उपप्रमुख उप्रेती, स्थानीय जनप्रतिनिधि विशाल कार्की, समाजसेवी सानुकुमार लिम्बूलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राम बुढाथोकीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा काँकडभिट्टा बहुमुखी क्याम्पस प्रमुख लक्ष्मी उप्रेती, अपांग महासंघ झापाका पुर्व अध्यक्ष सचिन निरौला, नेपाल राष्ट्रिय अपांग पुर्नस्थापना समिति अध्यक्ष युवराज बस्नेतलगायतकाे आतिथ्यता रहेको थियो ।
समाजसेवी रोस्नी खनालले स्वागत गरेकी कार्यक्रम सञ्चालन लक्ष्मीप्रसाद कडरियाले गरेका थिए ।

