बाहुण्डाँगी । लाइन्स क्लब अफ विर्तामोड सिटीद्धारा मेचीनगर १ को कृष्णथुम्कीमा कम्बल वितरण गरिएको छ । जहाँ आवश्कता त्यहाँ लाइन्सको सेवा भन्ने नारालाई आत्मासाथ गर्दै आइतवार मेचीनगर १ को कृष्णथुम्कीमा ३१ घर परिवारलाई जाडोको मौसममा कम्बल (फाइबर व्ल्याङकेट ) वितरण गरिएको हो ।

मेचीनगर १ को सहकार्य तथा मेचीनगर १ हाल विर्तामोड निवासी प्रकाश पुरीको पहलमा मेचीनगर १ का दलित तथा सुकुम्बासी परिवारलाई जाडो मौसममा कम्बल वितरण गरिएको हो । लाइन्स क्लबका पदाधिकारीसहित टोली पुगेर सोही स्थानमा करिब ६० हजार मुल्य बराबरको कम्बल वितरण गरिएको थियो ।

क्लबका अध्यक्ष मनोज बानियाँको सभापतित्व तथा रिजन चेयर प्रशन निरजकुमार ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लाइन्सको एओजीे जीवनकुमार खड्का, जोन चेयर प्रशन घनश्याम चौधरी, डिस्टिक चेयर प्रशन रामेश्वर दिवेदी, लाइन्स क्लब अफ गोल्डेन ड्रिम्सका अध्यक्ष गंगा श्रेष्ठ, क्लबका प्रथम उपाध्यक्ष दुर्गा थपलिया, दित्तिय उपाध्यक्ष उपेन्द्र बानियाँ, क्लबका कोषाध्यक्ष बरुण चौधरी, उपसचिव लक्ष्मण खड्का (प्रेम),

पब्लिक रिलेशन मनोज रौनियार, क्लब कोर्डिनेटर अनन्त लाल महतो, बोर्ड अफ डाइरेक्टर कमल थापा, बासुदेव उप्रेती, अशोक चौधरी, कार्यपालिका सदस्य तिलजा देवान, वडा सदस्य शान्तप्रसाद न्यौपाने, चेतकुमार हुमगाई, सिता विश्वकर्मालगायतले उक्त सामाग्री वितरण गर्नु भएको थियो ।




कार्यक्रम राजकुमार गुप्ता र सञ्जय चौधरीको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन वडा अध्यक्ष रामकुमार राईले गर्नु भएको थियो ।

