काठमाडौं । सत्ता साझेदार दलहरुको तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन् ।
बुधबार संसद सचिवालय पुगेर घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन् । घिमिरेको प्रस्तावकमा पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङ रहेका छन् । त्यस्तै समर्थकमा समर्थकमा हितराज पाण्डे, राजेन्द्र लिङ्देन र रवि लामिछाने रहेका छन् ।
सभामुखको मनोनयन समयावधि आज ४ बजेसम्मलाई निर्धारण गरिएको छ । त्यसपछि आजै उम्मेदवारहरुको नामवली प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ ।
सभामुखको मतदान बिहीबार बस्ने प्रतिनिधिको बैठकमार्फत हुने जनाइएको छ । उता नेपाली काँग्रेसले पनि सभामुखको उम्मेदवारी दिने निर्णय गरेको छ ।

