शिक्षा

विद्यार्थीका लागि उत्प्रेरणामुलक सिकाइ क्षमता अभिवृद्धि तालिम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उत्प्रेरणामुलक सिकाइ क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गरिएको छ । मंगलबार मेचीनगर–३ स्थित जनता माविमा अध्यायनरत कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई उत्प्रेरणामुलक सिकाइ क्षमता अभिवृद्धि सम्बन्धि तालिम प्रदान गरिएको हो ।

काठमाडौं लगायत देशका विभिन्न स्थानका क्याम्पससंगै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा उत्प्रेरणामुलक सिकाइ क्षमता अभिवृद्धि तालिम प्रदान गर्दै आएका प्रशिक्षक गोविन्द न्यौपानेले प्रदान गरेका थिए ।

तालिमले विद्यार्थीहरुमा सकारात्मक सोचको विकास गर्न र सिकाईमा सुधार ल्याउन उल्लेख्य सहयोग पुग्ने प्रशिक्षक न्यौपानेको भनाई छ । उनले वर्तमान समयमा बालकालिकाहरु पढाई लेखाईमा भन्दा मोबाइलमा गेम खेल्न उत्साहित विद्यार्थीलाई बाल मनोविज्ञान अनुसार सिक्ने विषयवस्तुमा विभिन्न प्रविधिको प्रयोगबाट सिकाईमा सुधार ल्याउन सकिने बताए ।

साथै तालिममा सहभागी विद्यार्थीहरुले यो नौलो सिकाई रहेको बताउँदै यस प्रकारको सिक्ने प्रक्रिया सजिलो, रोचक र रमाईलोसंग सिक्न सकिने बताए ।