संघ \संस्था

सिद्धार्थ लेडी जेसीजद्धारा आश्रममा भोजन

बाहुण्डाँगी । सिद्धार्थ लेडी जेसीजले मानव सेवा आश्रममा रहेका व्यक्तिहरुलाई एक दिनको भोजन ग्रहण गरेको छ । शाखाकी पूर्व अध्यक्ष सिनेटर तुलसा भुसाल पाण्डेयको जन्मोत्सवको अवसरमा मानवसेवा आश्रम रुपन्देही शाखा तिलोत्तमा –६, पश्चिम पहुनिमा रहेको आश्रममा मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य भन्ने नाराका साथ भोजन ग्रहण गरिएको थियो । साथै समाजमा जेसीज अभियानलाई निरन्तरताका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।


शाखाकी २०२३ की अध्यक्ष गीता गैरे बन्जाडेको प्रमुख आतिथ्यता तथा मानव सेवा समिति व्यवस्थापक सदस्य रिया थापा रहनु भएको थियो ।
कार्यक्रममा शाखाकी पूर्व अध्यक्षहरु गीता श्रेष्ठ , अन्जु सुवेदि, बिनिता श्रेष्ठ , बिनम गुरुङ, लक्ष्मी रिजाल, बिन्दु काफ्ले उपाध्याय, सिनेटर तुलसा भुसाल पाण्डेयलगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा निवर्तमान अध्यक्ष अनिता पाण्डेय ( अनुपा) , मानव सेवा समिति व्यवस्थापक सदस्य रिया थापा ,पुर्व अध्यक्ष सिनेटर तुल्सा भुसाल पाण्डे लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा १ सय भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक संगम खनालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव सीता भण्डारीले गर्नु भएको थियो ।