मनोरञ्जन

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘मीठो मीठो’ सार्वजनिक

कनकाई । माघ २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘मीठो मीठो’ सार्वजनिक भएको छ । युग भुसालको संगीत तथा निर्देशक समेत रहेका कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरभ दास र देवाञ्जली जोशीको स्वर रहेकोे छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु जितु नेपाल र साम्राज्ञी शाह फिचर्डमा देख्न सकिन्छ। मर्मस्पर्शी Read More…

अर्थ

‘मेची उद्योग वाणिज्य संघ साझा हुन सकेन, ठूला र धनी व्यापारीको मुठ्ठीमा मात्रै सिमित : साना व्यापारी

मेचीनगर । मेचीनगरका व्यवसायीको छाता संस्था मेची उद्योग वाणिज्य संघले साना व्यवसायीलाई समेट्न नसकेको गुनासो चुलिएको छ । संघको चुनावी साधारण गत माघ ६ गते सम्पन्न भएको थियो । संघको यही माघ २१ गते नयाँ नेतृत्व चयनका लागि चुनाव हुँदैछ । यो बेला व्यवसायीका पार्टीका नेताहरु उम्मेदवार बन्ने कसरतमा छन् । तर, वाणिज्य संघको नेतृत्व Read More…

अर्थ संघ \संस्था

मेचीनगर : अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारीलाई कार्वाही, लाखौं राजस्व संकलन

युवराज आचार्यमेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्र हुने अवैध नदि दोहनमा कडाइ गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउन यता मेची, निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कार्वाही शुरु गरेको छ । नगरपालिकाले सात महिनाको अवधिमा मात्रै Read More…

संघ \संस्था

सिद्धार्थ लेडी जेसीजद्धारा आश्रममा भोजन

बाहुण्डाँगी । सिद्धार्थ लेडी जेसीजले मानव सेवा आश्रममा रहेका व्यक्तिहरुलाई एक दिनको भोजन ग्रहण गरेको छ । शाखाकी पूर्व अध्यक्ष सिनेटर तुलसा भुसाल पाण्डेयको जन्मोत्सवको अवसरमा मानवसेवा आश्रम रुपन्देही शाखा तिलोत्तमा –६, पश्चिम पहुनिमा रहेको आश्रममा मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य भन्ने नाराका साथ भोजन ग्रहण गरिएको थियो । साथै समाजमा जेसीज अभियानलाई निरन्तरताका Read More…

संघ \संस्था

त्रिदेव बहुमुखी क्याम्पसको अध्यक्षमा पुन : घिमिरे

चाराआली ।  झापाको चाराआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्ष हरि घिमिरे सर्वसम्मत भएका छन् । घिमिरे दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् । घिमिरे सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । त्यस्तै सञ्चालक समितिको उपाध्यक्षामा टेकनाथ उप्रेती , सदस्यहरुमा टंक बहादुर क्षेत्री, जमुना खरेल, सुनिता पोखरेल रिजाल चयन भएका छन् । त्यस्तै समितिको लेखा Read More…

विविध

पेट्रोलियम पदार्थ बोतल र जर्किनमा भरेर बेच्न प्रतिबन्ध

झापा । नेपाल प्रहरीले बोतल र जर्किन लगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ । काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएपछि रोक लगाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र Read More…

समाचार

संसद भवन अगाडी पेट्रोल हालेर आत्मदह प्रयास गर्ने आचार्यको निधन

काठमाडौं । मंगलबार काठमाडौंको नयाँ वानेश्वरमा आत्मदह प्रयास गर्ने ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाएका थिए । आगो सल्किएपछि गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर उनको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ Read More…