काठमाण्डौ, अषाढ २४ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको समूहले गेरुवा गाउँपालिकाको वडा कार्यालयमा आगो लगाएको छ । विप्लव समुहले लगाएको आगो निभाउन जाँदा प्रहरी निरीक्षक गम्भीर घाइते भएका छन् । मंगलबार बिहान गेरुवा गाउँपालिकाको ६ नम्बर वडा कार्यालयमा लागेको आगो निभाउँन जाँदा प्रहरी निरीक्षक यम बहादुर मल्ल गम्भीर घाइते हुनु भएको छ ।
आगो निभाउने क्रममा छत खस्दा ईलाका प्रहरी कार्यालय पाताभारमा कार्यरत मल्लको टाउँकोमा गम्भीर चोट लागेको छ भने करङको हड्डी पनि भाचिएको छ । गम्भीर घाइते प्रहरी निरीक्षक मल्लको नेपालगंजस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई थप उपचारको लागि काठमाडौं ल्याउने तयारी भइरहेको डिएसपी मदनजित महराले जानकारी दिनुभयो । आगजनी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

