राजनीति

विप्लव समुह र प्रहरी बिच भिडन्त ; प्रहरी र विप्लवका को को मारिए ?

भोजपुर, अषाढ २५ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र नेपाल प्रहरी बिच भिडन्त भएको छ । बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा भएको भिडन्तमा प्रहरी जवान र विप्लव कार्यकर्ताको मृत्यु भएको छ ।
भिडन्तमा विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सन्जिव राईको मृत्यु भएको छ । उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रहरीले जवाफी फायर गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । अन्य भागेका छन् । मृत्यु हुनेमा नीरकुमार राई रहेको प्रहरीले जनाएको छ । मृत्यु हुने राई ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ ।
प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ।
प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।

Leave a Reply

Your email address will not be published.