मनोरञ्जन

सिक्किमकी स्नेहाले जितिन् ‘मिस तामाङ वल्र्ड २०२२’ को उपाधि

पश्चिम बंगाल (भारत) । ‘मिस तामाङ वल्ड २०२२’ को उपाधि भारत सिक्किमकी स्नेहा तामाङले हात पारेकी छिन् । मिस तामाङ वल्ड फाउण्डेसनको आयोजना तथा सिक्किम तामाङ वुद्धिष्ट एशोसिएसन र अल इण्डिया तामाङ वुद्धिष्ट एशोसिएसनको संयोजनमा भारतको सिलगुढीमा भएको ग्रान्ड फिनालेमा १६ जना प्रतिष्पर्धीहरुलाईपछि पार्दै उनले उपाधी हात पारेकी हुन् । स्नेहाले उपाधिसहित पाँच लाख भारु, ट्रफि र प्रमाण पत्र प्राप्त गरिन् ।

त्यस्तै मिस तामाङ ग्युदको टाइटल सिन्धुपाल्चोक(नेपाल)की नमुना तामाङले हात पारिन् । उनले उपाधिसहित भारु एक लाख रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गरिन् । त्यस्तै मिस तामाङ कल्चरको उपाधि दोलखा (नेपाल)की गंगामाया तामाङ ग्यावकले हात पारिन् । उपाधिसहित उनले भारु एक लाख रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गरिन् ।

त्यस्तै मिस तामाङ सोसियल वेलफेयरको उपाधि भारत दार्जिलिङकी जस्मिन लामाले हात पारिन् । उपाधिसहित उनले भारु एक लाख रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गरिन् । त्यस्तै मिस तामाङ एजुकेशनको उपाधि भारत दार्जिलिङकी सोनाम वाङ्मा तामाङले हात पारिन् । उपाधिसहित उनले एक लाख रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गरिन् । त्यस्तै मिस तामाङ हेल्थको उपाधि भारत दार्जिलिङ, मिरिककी लाजिम तामाङले हात पारिन् । उपाधिसहित उनले एक लाख रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गरिन् ।

त्यसैगरी मिस तामाङ पब्लिक च्वाइजको उपाधि भारत दार्जिलिङकी सेमिका लामा , मिस ट्यालेन्टको उपाधि दोलखा (नेपाल)की गंगामाया तामाङ ग्यावक, वेस्ट नेशनल कस्ट्युमको उपाधि भारत दार्जिलिङकी सोनाम वाङ्मा तामाङ, मिस पर्सनालिटीको उपाधि भारत सिक्किमकी स्नेहा तामाङ, मिस फोटोजेनिकको उपाधि भारत दार्जिलिङकी जस्मिन लामा, मिस वेस्ट वाकको उपाधि भारत दार्जिलिङकी यान्की तामाङ, मिस कन्फिडेन्टको उपाधि दोलखा (नेपाल)की फूलमाया तामाङ, मिस कन्टिनालिटीको उपाधि भारत दार्जिलिङकी जस्मिन लामाले हात पारिन् ।

May be an image of one or more people and people standing

प्रतियोगिताको निर्णायकहरुमा डा.छिरिङ तामाङ योञ्जन, डा.सुदर्शन तामाङ, कुमार योञ्जन, डा.जुनिता योञ्जन, कलाकार सुमी मोक्तान, छिरिङ तामाङलगायत रहेका थिए । प्रतियोगितामा नेपाल, भारत र भुटानका १७ जना तामाङ किशोरीहरुको सहभागिता रहेको प्रतियोगिताका एसीस्टेन्ट डाइरेक्टर फूर्वा योञ्जनले जानकारी दिए ।

सिक्किम तामाङ वुद्धिष्ट एशोसिएसनका अध्यक्ष विनोद योञ्जनको अध्यक्षता तथा पद्म श्री विजेता साहित्यकार सानु लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मिस तामाङ वल्ड फाउण्डेसनका महासचिव केवल तामाङले स्वागत गरेका थिए । मिस तामाङ वल्ड फाउण्डेसनकाअध्यक्ष मिलन मोक्तानले मिस तामाङको इतिहास र वर्तमान अवस्थाबारे जानकारी गराएको कार्यक्रममा नेपाल आइडल सिजन ४ का उपविजेता नाम्गेल तामाङ, सिक्किम आइडल इन्द्रलाल तामाङ, सारेगमप लिटल च्याम्प्स् विजेता जेट्सेन लामाले गीत र वालकलाकार पेञ्जो मोक्ताङले नृत्य प्रस्तुत गरेका थिए ।

May be an image of 4 people, people standing and indoor

उद्घाटन कार्यक्रमको सञ्चालन नेपालका सञ्चारकर्मी तीलक योञ्जनले गरेका थिए भने प्रतियोगिताको सञ्चालन नेपालकी कलाकार तथा टेलिभिजन प्रस्तोता प्रियारानी लामा र भारत सिक्किमका तामाङ भाषा शिक्षक ल्हा छिरिङ दोङले र सहजीकरण कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।