खेलकुद

वडाध्यक्ष कपको उपाधि धुलाबारी बजार क्षेत्रलाई

मेचीनगर । मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि धुलाबारी बजार क्षेत्रले जितेको छ । उसले नगद ४० हजारसहित ट्रफि र मेडल प्राप्त गर्यो । यता सुरूवाती अग्रता जोगाउन नसक्दा माथिल्लो मागुरमाडीले नतिजा चुम्नबाट बन्चित हुँदै उपविजेतामा नै सिमित बन्दै नगद २५ हजारमा चित्त बुझायो ।

खेलको पहिलो हापमा माथिल्लो मागुरमाडी १-० गोल अन्तरले उगाडि रहेको अवस्थामा धुलाबारी बजार क्षेत्रले खेललाई उल्टाएर दोस्रो हापमा लगातार ३ गोल लगायो । यता मागुरमाणीले खेल सकिन केहि बेरमा थप एक गोल लगायो ।

कवि शिरोमणी माविको खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा विजेता टिम धुलाबारी बजार क्षेत्रबाट विक्रम लिम्बुले २ गोल र रन्जित लिम्बुले १ गोल गरे । यता उपविजेता टिम माथिल्लो मागुरमाणीको तर्फबाट दिपेन रम्तेल र निमा तामाङले समान १/१ गोल गरे ।

गत माघ २७ गतेबाट वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको ९ टिम सहभागिता प्रतियोगितामा थोप्लेविरान क्षेत्रका खेलाडी बासुदेव तिम्सिना राइजिङ खेलाडी, चियावाल्नी गाउँ क्षेत्रका सितल लिमबु प्रतियोगिता अवधिभरमा ४ गोल गर्दै हाइस्कोरर, माथिल्लो मागुरमाडीका सरोज खड्का बेष्ट डिफेन्स, माथिल्लो मागुरमाडीकै युवराज डाँगी बेष्ट गोलकिपर र विजय राई बेष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही नगद एक/एक हजार पाए ।

प्रतियोगिता अवधि धर उत्कृष्ट प्रदर्शनी गर्दै माथिल्लो मागुरमाणीका मनोज प्रधान म्यान अफ द सिरिज घोषित हुँदै नगद ५ हजार जिते । त्यस्तै उत्कृष्ट खेल्दै टिमलाई उपाधि जिताउन सफल रञ्जित लिम्बू फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । उनले पनि नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिताको विजेता उपविजेता र विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङ, वडा खेलकुद विकास समिति मेचीनगर-९ का संयोजक एवम् वडा सदस्य राजन खड्का, सचिव राजु धिमाललगायतले पुरस्कार वितरण गरेका थिए ।