काठमाडौं । आज फागुन ७ गते । आज ७३औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरि देशभरी मनाइदै छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ ।
जनताको क्रान्तिको कारण नै राणा शासनको अन्त्य भइ प्रजातन्त्र घोषणा भएको सुखद अवसरमा फागुन ७ गतेलाई नेपाल सरकारले यस दिनलाई सार्वजनिक विदासमेत दिँदै आएको छ ।
सोही अवसरमा आज सरकारले औपचारिक समारोहका साथ यस दिवसलाई मनाउने गरेको छ ।
प्रजातन्त्र प्राप्तिकै लागि भएका संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले ज्यान बलिदान दिएका थिए ।
उनीहरुलाई बिक्रम सम्वत १९९७ माघमा तत्कालीन राणा शासकहरुले विभिन्न स्थानमा लगि मृत्युदण्डको सजाय दिएका थिए ।
सो समय उनीहरुले प्रजापरिषद् नामक राजनीतिक दल स्थापना गरि भूमिगत रूपमा प्रजातन्त्र प्राप्तिका लागि जनतामा जागरण ल्याएको अभियोग लागेको थियो । सोही अभियोगकै आधारमा उनीहरुले मृत्युदण्डको सजाय भोग्नु परेको थियो ।
त्यसपछि २००६ सालमा आएर नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ एकीकरण भयो ।
एकीकरणपछि बनेको नेपाली कांग्रेस पार्टीको संस्थापक बिपी कोइराला बनेका थिए । उनकै नेतृत्वमा सशस्त्र र निर्णायक आन्दोलन भयो । त्यसकैको आन्दोलको निश्कर्ष स्वरुप २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भयो ।
नेपाली जनताले सो समय जहानियाँ राणा शासनविरुद्ध आन्दोलन गरि १०७ वर्षीय राणा शासनको गरेका थिए ।

