खेलकुद

१ नम्बर प्रदेशका महिला तथा पुरुष क्रिकेट खेलाडी बिदाई

झापा, बैशाख २ । १ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा सहभागी हुन जाने महिला तथा पुरुष क्रिकेट खेलाडीलाई काँकरभिट्टामा सोमबार एक कार्यक्रम बिच बिदाई गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सामसद श्रीप्रसाद मैनाली, विशिष्ट अतिथि झापा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष डिल्लीराम घिमीरेलगायतले सहभागी खेलाडीलाई उच्च मनोवलका साथ प्रतियोगितामा सहभागी भई सफलता हासिल गर्दै प्रदेशको नाम राख्न अग्रिम शुभकामना दिएका थिए ।

मेची भन्सार प्रमुख टेकबहादुर अर्यालको बिशेष आतिथ्यता रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय काँकरभिट्टका प्रहरी निरिक्षक कोमल ठाकुर, सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार गुल्म काँकरभिट्टाका प्रहरी निरिक्षक चिरञ्जीवी प्रसाईलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार, विभिन्न खेल विधाका प्रशिक्षक, खेलाडीलगायतको उपस्थिती रहेको थियो ।

५ नम्बर प्रदेशको दाङ्गमा बैशाख ४ गते देखी ११ गते सम्म आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय क्रिकेट प्रतियोगितामा राष्ट्रिय महिला टिमका क्यापटेन रुविना क्षेत्री सहित ७ जना राष्ट्रिय महिला खेलाडी भएको महिला टिम तथा लयमा रहेको १ नम्बर प्रदेशका पुरुष टिमले सहभागीता जनाउने छन् । महिला टिममा १७ जना र पुरुष टिममा १७ जना गरी जम्मा ३४ जना खेलाडी सहित ४ जना प्रशिक्षकको टोली ५ नम्बर प्रदेश प्रस्तान गरेको क्रिकेट प्रशिक्षक बिरु श्रेष्ठले जानकारी दिए ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन पत्रकार युवराज आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.