बाहुण्डाँगी । मेचीनगर ३ बडाखालमा जारी नव ज्योति फुटबल प्रतियोगिताको फाइनल खेल मंगलवार हुँदैछ । प्रतियोगितामा आयोजक नव ज्योति युवा क्लब र न्यू स्टार बुद्धशान्ति उपाधीका लागि एक अर्कामा आमने सामने हुँदैछन् ।
नव ज्योति निमाविको खेल मैदानमा नव ज्योती युवा क्लबको आयोजनामा जारी पहिलो सेमीफाइनल खेलमा बुद्ध शान्तिले खोपबाडी फुटबल क्लब बुटाबारीलाई हराउँदै फाइनलको यात्रा तय गरेकोे थियो भने ब्रदर्श युनाइटेट चन्द्रगडीलाई २–० को गोल अन्तरले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताका विजेता टिमले नगद ८१ हजार र उपविजेता टिमले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ भने विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत नगद सहित पुरस्कृत गरिने क्लबका अध्यक्ष सुमन थापाले बताए ।
प्रतियोगिता क्लबको ३० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजना भएको हो ।

