समाचार

झापाको बिर्तामोडमा एक युवाले लगाए आफ्नै शरिरमा आगो

बिर्तामोड । झापाको बिर्तामोडमा भर्खरै एक युवाले आत्मदहको प्रयास गरेका छन् । झापा प्रहरीका अनुसार उनले पेट्रोल खन्याएर आफ्नै शरिरमा आगो लगाएका थिए । उनी झापा बिर्तामोड–७ का विजय चौधरी रहेको खुलेको छ ।

उनको शरिरको पछाडिको भाग जलेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ । उपचारका लागि विएण्डसी अस्पतालमा भनाए गरिएको विर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

काठमाडौंमा दुई साताअघि इलामका प्रेम आचार्यले गरे जस्तै चौधरीले पनि आत्महदको प्रयास गरेका हुन् ।