मेचीनगर । झापाको काँकरभिट्टा बहुमुखी क्याम्पस आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन परिचालन समितिले एकलौटी ढंगले आफुखुशी मतदाता नामवली प्रकाशित गरेको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले त्यसको बिरोध गरेको छ ।
चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नियम विपरीत क्याम्पसले एकलौटी मतदाता नामवली प्रकाशित गरेको भन्दै त्यसको बिरोध गर्दै आज संगठनको तर्फबाट काँकरभिट्टा क्याम्पस निर्वाचन परिचालन समितिलाई प्रेस विज्ञप्ति बुझाइएको अनेरास्ववियु जिल्ला सदस्य सन्तोष धमलाले जानकारी दिए ।
उनका अनुसार काँकरभिट्टा क्याम्पस स्ववियु निर्वाचन परिचालन समितिले देशकै ठुलो विद्यार्थी संगठन अनेरास्ववियुलाई बेवास्ता गर्दै अन्य कुनै एक संगठनको पक्षमा लागेको आरोप लगाए ।
यता काँकरभिट्टा क्याम्पस निर्वाचन परिचालन समितिले नियम संगत सहमतिमा नै मतदान नामावली प्रकाशन गरेको जनाएको छ ।

